अर्किड स्कूलमा ‘पुस्तक समीक्षा कार्यक्रम’

चितवन । अर्किड स्कूल, भरतपुरमा ‘पुस्तक समीक्षा कार्यक्रम’ सम्पन्न भएको छ। कक्षा सातका विद्यार्थीहरुद्वारा आयोजित ‘पुस्तक समीक्षा कार्यक्रम’मा विद्यार्थीहरुले समूहगत रुपमा समीक्षक, समालोचक, मध्यस्थकर्ताको रुपमा प्रश्नोत्तर, समीक्षा तथा समालोचना गरेका छन्।

अंग्रेजी उपन्यास ‘द डायरी अफ अ योङ्ग गर्ल’ तथा नेपाली कथा संग्रह ‘विश्वप्रसिद्ध लोककथाहरु’ मा विद्यार्थीहरुले ‘पुस्तक समीक्षा’ कार्यक्रम सम्पन्न गरेका छन्। अर्किड स्कूलद्वारा आयोजित उक्त कार्यक्रम भरतपुर महानगरका विद्यालयहरुमा संभवत पहिलो कार्यक्रम भएको सह-प्राचार्य ओमराज मैनालीले बताएका छन्। विद्यालय स्तरमा यस्ता किसिमका बालसाहित्यिक कार्यक्रमले विद्यार्थीहरुमा पठन संस्कृतिको विकास हुनुका साथै उनीहरूलाई कल्पनाशील बनाउँदै रचनात्मक बन्नमा मद्दत गर्छ भन्नुहुन्छ कार्यक्रमका प्रमुख अतिथि तथा टिप्पणीकर्ता साहित्यकार एल. बी. क्षेत्री ,सञ्चालक समितिका अध्यक्ष गोपाल पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम शिक्षक हरि प्रसाद सापकोटाको संयोजकत्वमा भएको थियो।