प्रहरीकै मिलेमताेमा कावासोतीमा जुवा अड्डा सञ्चालन

काठमाडौं ।  नवलपुर जिल्लाको सदरमुकाम कावासोती डण्डामा लामोसमयदेखि जुवाखाल निर्वाध रुपमा सञ्चालन भईरहेको छ । यस बिषयमा सञ्चारमाध्यममा पटक पटक समाचार आउँदा पनि स्थानिय प्रशासन मौन देखिएको छ ।

स्थानियको प्रहरीको मिलोमतोमा जुवाखाल सञ्चालन भएकाले आफुहरुलाई कसैले केहि गर्न नसक्ने जुवाडेहरुले बताउदै आएका छन् । जिल्लाको कावासोती, डण्डा, दाउन्ने, र देबचुली लगाएतका ठााउहरुमा पनि खुल्लमखुल्ला जुवाखाल सञ्चालनमा रहेका छन् ।

जिल्लामा प्रहरीकै मिलेमतोमा जुवाखाल सञ्चालन भएकाले पनि जुवाडेहरुलाई हटाउन नसकिएको स्थानियको गुनासो रहेको छ । जिल्लामा पछिल्लो समय जुवाखाल मात्रै नभईकन अन्य तस्करी साथै अवैध धन्दा पनि मौलाएको र यसमा जिल्ला प्रहरीका माथिल्ला तहका अधिकारीहरुकै मिलेमतो रहेको स्थानियको आरोप रहेको छ ।

प्राप्त गोप्य सूचनाका आधारमा कावासोती र डण्डाको तल्लो तटिय क्षेत्र सेतोपानी लगाएतका जंगलसंग सीमा जोडिएका साथै नारायणी किनारका कतिपय कटेजहरुमा समेत जुवाको अखडा चलिरहेको छ ।

जुवाडेहरुले सूचनाका लागि समेत पैसा दिएर मान्छे खटाउने गरेका छन् । जिल्लामा जिल्ला प्रहरीकै केही भ्रष्ट्र अधिकृत र हाकिमसँगको सााठगाँठमा जुवाखाल सञ्चालन हुँदै आईरहेको छ ।