उपनिर्वाचन: कास्की–२ मा नेकपाकी उम्मेदवार विद्या ८ हजार मतले अगाडि

कास्की । कास्की २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मत परिणामा ताजा अवस्थामा नेकपाकी उम्मेदवार विद्या भट्टराईले फराकिलो मतसहित अग्रता दोब्बर गरेकी छिन् ।

अहिले सम्म भट्टराईले १५ हजार ५०८ मत प्राप्त गरेकी छिन्। यस्तै कांग्रेस उम्मेदवार खेमराज पौडेलले ७ हजार ८०७ मत ल्याएका छन्।

समाजवादीका धर्मराज गुरुङले ९०२, राप्रपाका रोमबहादुर भण्डारीले ३६० र साझा पार्टीकी रजनी केसीले ३६८ मत ल्याएका छन्।