
चितवन । चितवनमा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । भरतपुर महानगरपालिका १६ र खैरहनी नगरपालिकाको ४ र ५ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको हो । मतगणना स्थलमा तारजाली लगाएर सुरक्षित बनाइएको छ ।
चितवनमा ७५ दशमलव ९७ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार तीन वटा वडामा कूल मतदाता १३ हजार २८४ रहेकोमा १० हजार ९२ मत खसेको छ । भरतपुर महानगरपालिका–१६ मा आठ हजार ४८१ मतदाता रहेकोमा छ हजार २५० मतदान भएको छ । त्यहाँ ७३ दशमलव ६९ प्रतिशत मत खसेको छ ।
जिल्लामा ६ वटा मतदानस्थल र १५ वटा केन्द्र रहेका थिए । भरतपुर महानगरपालिका–१६ को भरतपुरस्थित चितवन जिल्ला अदालत परिसरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा र खैरहनीको पुरानो नगरपालिका भवनमा मतगणना गरिएको हो । जिल्लाका तीन वटा वडामा पाँच राजनैतिक दलका १३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।