चितवनका तीन वटा वडा भरतपुर १६,खैरहनी ४ र ५ मा उपनिर्वाचनः मतदान सुरु

चितवन । उपनिर्वाचन अन्तरगत चितवनका तीन वटा वडामा मतदान सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नंं.१६, पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं.४ र ५ मा मतदान सुरु भएको हो ।

विहान ७ बजेबाट सुरु भएको मतदाता अपरान्ह ५ बजेसम्म चल्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यी तीनवटै वडामा सत्तारुढ दल नेकपा र नेपाली काँग्रेसबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । भरतपुर १६ मा ८ हजार ४ सय ८१ मतदाता रहेका छन् भने खैरहनी ४ मा दुई हजार ६९२ र खैरहनी ५ मा दुई हजार १११ जना मतदाता रहेका छन् ।

चितवनको खैरहनी नगरपालिका २ र ५ मा विहानैदेखि शान्तीपूर्ण रुपमा मतदान भइरहेको छ । मतदाताको उत्साहाजनक सहभागिता छ । जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार जिल्लामा छ मतदानस्थल र १५ केन्द्र रहेका छन् । खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ र वडा नं ५ मा दुई हजार १११ मतदाता रहेका छन् ।

उपनिर्वाचन अन्तर्गत भरतपुर १६ मा विहान ७ बजेबाट मतदान शुरु भएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भरतपुर महानगरपालिका–१६ मा मतदान शुरु भएको जानकारी दिनुभयो ।

निर्धारित समयमै मतदान केन्द्रमा मतदान कार्य शुरु भएको उहाँले जानकारी दिनुभयो । विहानैदेखि भोट हाल्न मतदाता लाइनमा बसेका थिए । हाम्रा सहकर्मीका अनुसार मतदाताको उत्साहाजनक सहभागिता रहेको छ ।

जिल्लाका मतदानस्थलमा कडा सुरक्षाको व्यवस्था गरिएको छ । मतदान केन्द्रमा सिसी क्यामेरासमेत जडान गरिएको छ । ती वडामा प्रवेश गर्ने नाकामा सुरक्षाकर्मी बसेर सुरक्षा जाँच गरिरहेका छन् ।