यस्तो छ प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अबस्था (विज्ञप्ति सहित)

काठमाडौं । अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे दोस्रो विज्ञप्ति सार्वजनिक गरेको छ। एपेन्डिसाइटिसको शल्यक्रियापछिको प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे साँझ ७ : ३० बजे अस्पतालले दोस्रो पटक विज्ञप्ति सार्वजनिक गरेको हो।

प्रधानमन्त्री ओलीको आज  दिउँसो महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया भएको छ। पेट दुखेपछि मंगलबार बिहान ९ बजे प्रधानमन्त्री ओलीलाई स्वास्थ्य परीक्षणका लागि सेन्टरमा लगिएको थियो।

सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले सार्वजनिक गरेको विज्ञप्तिमा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख गरिएको छ। ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको स्वास्थ्यमा समस्या आई आज मिति २०७६\८\१० गते मंगलबार बिहादेखि यस सेन्टरमा उपचाररत रहनु भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीयज्यूको शल्यक्रिया पश्चात हाल सघन कक्षमा उपचार भइरहेको तथा हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको व्यहोरा जानकारी गराइन्छ।’

विज्ञप्ति