धनुषा अस्पतालमा तिम्ल्याहा शिशुको जन्म

जनकपुर । जनकपुरमा एक महिलाले प्रत्येक एक मिनेटको फरकमा तीन सन्तानलाई जन्म दिएकी छिन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का बजरंगप्रसाद जयसवालकी श्रीमतीले  २ छोरी र १ छोरा गरी एकै पटक सन्तानलाई बिहिबार बिहान जन्म दिएकी हुन् ।

धनुषा अस्पतालमा शल्यक्रिया गरी तीनै शिशुलाई जन्माइएको हो । तीनै शिशुको तौल  २ किलोग्राम भन्दा माथि रहेको छ भने एक शिशुको स्वास्थ्यमा कमजोर भएकोले आईसियुमा राखेर  राखिएको यस अस्पतालका चिकित्सकले जानकारी दिएका छन् ।