लायन्स क्लव इन्टरनेशनलको दोश्रो क्याविनेट मिटिङ गैडाकोटमा हुँदै

चितवन । लायन्स क्लव इन्टरनेशनल ३२५ बी २ नेपालको दोश्रो क्याविनेट मिटिङ गैडाकोटमा हुने भएको छ ।

क्लवमा आवद्ध देशभरका करिव २ हजार लायन सदस्यहरुको सहभागिता हुने सो कार्यक्रम यही कार्तिक ३० गते शनिबार गैडाकोटको होटल नारायणी रिसोर्टमा हुनेछ । लायन्स क्लव संसारका २ सय १० भन्दा बढी देशमा फैलिएको विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था हो ।

नेपालमा ३३ हजार भन्दा बढी सदस्य छन् भने विश्वभर १४ लाख ५० हजार सदस्य लायन्स क्लवमा रहेका छन् । प्रत्येक वर्ष नेतृत्व हस्तान्तरण गर्ने यस संस्थाले विभिन्न सामाजिक सेवाहरु गर्दै आएको छ । देशका विभिन्न स्थानका आँखा अस्पतालहरुमा उपकरणहरु सहयोग गरेको छ भने युवा लक्षित विभिन्न कार्यक्रमहरु समेत गर्दै आएको छ । लायन्स क्लवहरुको आयोजनामा देशैभर स्वास्थ्य, शिक्षा लगायतका विभिन्न कार्यक्रम गरी सामाजिक सेवा गर्दै आएको छ ।
लायन्स क्लव इन्टरनेशनल ३२५ बी २ नेपालका एरिया चिफ प्रकाशचन्द्र भट्टराईको अध्यक्षतामा भरतपुरमा आज भएको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ बी २ नेपालका सेकेण्ड भाइस गभर्नर रामप्रसाद भट्ट, पूर्व डिस्ट्रिक्ट गभर्नर राजकुमार श्रेष्ठ लगायतले कार्यक्रममा आफ्ना भनाइहरु राखेका थिए ।