भारतीय हस्तक्षेपलाई अन्तर्राष्ट्रियकरण गरौ: अनेरास्ववियू केन्द्रिय सदस्य स्वरुप सुयाल

चितवन । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का युवा नेता एवं अनेरास्ववियू केन्द्रिय सदस्य स्वरुप सुयाल ले भारतीय हस्तक्षेपलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने विचार व्यक्त गरेका छन  ।

नेपाल सरकारलाई अनुरोध!
सदैव भारतले हामीलाई हेपेको छ।अहिलेको बेला नेपाल माथी भएको अन्यायको अन्तर्राष्ट्रियकरण गर्ने यो ऐतिहासिक अवसरका रुपमा पनि लिन सकिन्छ।यो बेला निम्न जायज मुद्दा उठाउन सकिन्छ:-
१) ईण्डियासंगको खुला सिमाना स्थायी रुपमा बन्द गर्नुु पर्दछ।
२) लिम्पियाधुरा, कालापानी, सुस्ता सहित साढे ६ दर्जन ठाउँमा भएका सिमा अतिक्रमणहरु एकसाथ टुंग्याउनु पर्छ।
३) सिमाको जङे पिल्लर सहि ठाउँमा राख्न संयुक्त राष्ट्रसंघको रहोवरमा सिमा पुनर्निधारण गर्नुपर्छ।
४) ईण्डियन अवैध बाँधहरुले तराईमा गर्दै आएको डुबानको समस्या पनि यस बेला उठान गर्नु पर्दछ।
५)कोशी,गण्डकी र महाकाली जलसन्धिहरुमा भएका अपमानजनक प्रावधानहरु खारेज गर्नुपर्छ।
६) भारतको हस्तक्षेप र स्वतन्त्र देशको सार्बभौमिता माथी गिद्दे नजरको विरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नु पर्छ।
भारतीय सत्ता सहि बाटोमा आउँदैन त्यसैले हामी नेपालीहरुले सिक्कीम देखि कुमाउँ-गढवालसम्मको भूभाग एकिकरणका लागि त्यस क्षेत्रका नेपाली मूलका दाजुभाइहरुलाई आह्वान गर्नुपर्छ।
उनले  सामाजिक संजालमा लेेेखेका छन ।