शुद्धता तथा पवित्रताको पर्वको रुपमा मनाईने छठ पर्व आजवाट शुरु

जनकपुरधाम । शुद्धता तथा पवित्रताको पर्वको रुपमा मनाईने महान् सांस्कृति तथा धार्मिक महत्वको छठ पर्व आज देखि शुरु भएको छ । चार दिनसम्म मनाउने छठ पर्व निक्कै कठोर ब्रतको रुपमा पनि रहेको छ ।

प्रकृति र मानवको बीचमा रहेको सम्बन्धलाई अझ प्रगाढ बनाउने शन्देश दिने यस पर्वमा सूर्यको उदाउदो तथा अस्ताउदो रुपमा पूजा गर्ने तथा जल तथा जलको श्रोतको संरक्षण गर्ने गहिरो शन्देश प्रवाह गर्ने गर्दछन् । यसमा नदि, तँलाउँ तथा सरोवरहरुको सरसफलाई गर्ने कामकाज गर्ने चलन रहेको छ ।

तराई मधेशबासी अहिले पूर्णरुपमा छठपर्वको तयारीमा जुटेका छन् । छठपर्वको पूजा सामग्री जोरजाम किनमेल गर्न यतिबेला बजारमा घुइँचो लाग्ने गरेको छ । त्यस्तै आदिदेव सूर्य भगवानलाई अर्घ दिन तराई मधेशको नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाटलाई श्रृगार्ने काम भैरहेको छ । खास गरी जनकपुरधामको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरुलाई नयाँदुल्ही झै सजाएर झकिझकाउ बनाउने कार्य जारी छ ।

अस्ताउँदो र उदाउँसो सूर्यलाई अर्घको रुपमा चढाइएको पूँजा सामग्री प्रसादको रुपमा ग्रहण गर्ने चलन छ । छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिईन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् । यसको तयारीमा ब्रतालु तथा परिवारहरु एक महिना अगाडी देखि नै लागने गरेका छन् ।

यो पर्वले जातिय एकता तथा भाईचारा एवं आपसी सद्भावलाई प्रदर्शन गर्नुका साथै कृषि उत्पादनको प्रबद्र्धन एवं बजारीकरणमा पनि ठूलो योगदान दिने गरेका छन् । यसमा प्रसादको रुपमा प्रयोग गरिने सामाग्रहरु कृषि उत्पादनसंग सरोकार राख्ने खाद्य सामाग्रहरु रहने गरेका छन् ।
यसका सामानहरु विभिन्न जातजातिले तयार पारेको हुन्छन् भने सवै प्रसादहरु समान प्रकारको रहने गरेकाले कसैलाई पनि हिनता बोधको अवस्था आउन दिने गरेको हुदैनन् ।