नारायणगढको फोर्ब्स कलेजमा अभिभावक शिक्षा कार्यक्रम

चितवन । भरतपुर-२ क्षेत्रपुर, नारायणगढमा रहेको फोर्ब्स कलेजमा अभिभावक शिक्षा कार्यक्रम अन्तर्गत अबिभाकलाई सचेतना मुलुक कार्यक्रम गरिएको छ ।

आफ्ना विद्यार्थीका साथै अभिभावकको समेत मनोभावना बुझ्ने र विद्यार्थी हरुलाइ कलेजले प्रदान गरेको नयाँ नयाँ शैक्षिक प्रबिधि र भएका गतिविधिको जानकारी गराउने उध्येश्यले सो कार्यक्रम गरिएको कलेजका सहायक प्राचार्य हरिशरण पाठकले जानकारी दिए ।

फोर्ब्स कलेज शिक्षक अभिभावक संघका अध्यक्ष रामचन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एजुकेटर्स फाउन्डेसन नेपालका अध्यक्ष प्रा.डा. होमबहादुर बस्नेत रहेका थिए । कलेज र फाउन्डेसनको सहकार्यमा भएको कार्यक्रममा कलेजका प्राचार्य दिपक गौतम सहित प्राध्यापकहरु र अभिभावक हरुको सहभागीता रहेको थियो ।

कार्यक्रमका ट्रेनर फाउन्डेसनका को-अर्डिनेटर तथा रिसर्चर तारा प्रसाद अधिकारी रहेका थिए ।

सो अबसरमा कलेजले सञ्चालन गर्न लागेको स्मा‍‍ट स्टडी प्रोग्रामको बारेमा पनि छलफल भएको थियोे । सो कलेजमा हाल बि.एच.एम र बि. सि. एस. आइ टी ( साइबर सेक्युरिटी ) विषयमा अध्यापन हुँदै आएको छ ।