पुर्वी चितवनकाे कालिका ४-पदमपुरबाट ५६ हजार नगदसहित ६ जुवाडे चितवन प्रहरीद्वारा पक्राउ

चितवन । चितवन प्रहरीले पुर्वी चितवनकाे कालिका न.पा. ४ पदमपुरबाट नगद ५६ हजार रूपैयाँसहित ६ जुवाडे पक्राउ गरेकाे छ ।

चितवन प्रहरीकाे अप्रेशन क्लिन चितवन अन्तर्गत आज साझ उनीहरू पदमपुरका दुखराम चौधरीको घरमा तास खेलिरहेको अवस्थामा ७ बुक तास र घरधनीसहित ६ जना र ५६ हजार ७ सय ५० नियन्त्रणमा लिएकाे चितवन प्रहरीका सुचना अधिकारी एकनारायण काेईरालाले जानकारी दिए ।

पक्राउ पर्नेमा चितवन कालिका न.पा.४ बस्ने बर्ष ३५ को दुखराम चौधरी, बर्ष ४० को महेन्द्र श्रेष्ठ, बर्ष २४ को बिमल महतो, बर्ष ३५ को सन्त ब. महतो, बस्ने बर्ष ३१ को बिरेन्द्र चौधरी र बर्ष ३८ को हरेराम तामाङ् रहेकाे उनले बताए । पक्राउ परेकालाई थप अनुसन्धानसगै जुवा एेन अन्तर्गत मुद्दा चलाउने तयारी भएकाे समेत चितवन प्रहरीले जनाएकाे छ ।