सभामुख कृष्णबहादुर महराले दिए राजीनामा

काठमाडौँ । एक महिलामाथि यौनदुर्व्यहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

यसअघि, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवलाय बैठकले पनि सभामुख महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग पुर्याउन आग्रह गरेको थियो ।