रत्ननगरमा सोमबार र शुक्रबार हाटबजार सञ्चालन हुने

चितवन । रत्ननगरमा प्रत्यक सोमबार र शुक्रबार हाटबजार सञ्चालन हुने भएको छ ।

रत्ननगर १० मा रहेको जग्गा भाडामा लिएर हाट बजार सञ्चालन गर्न लागिएका हो । कल्याण टोल बिकास संस्था तथा हरिहर टोल बिकास संस्थाले उक्त हाट बजार ब्यवस्थापन गर्ने र रत्ननगर नगरपालिका सहयोगि रहने हाट बजारका संयोजक तथा कल्याण टोल बिकास संस्थाका अध्यक्ष केशव रिजालले आज (बुधवार) पत्रकार भेटघाट गरि जानकारी दिएका हुन ।

उनले हाट बजार अब आउदो १० गते देखी सञ्चालन हुने र त्यसमा करिब १०० वटा स्टल भएकोमा ६० वटा स्टल बुकिङ भएको र बिहान ७ बजेदेखी राती ९ बजे सम्म सञ्चालन हुने जानकारी दिए ।

कार्यक्रममा उपस्थित रत्ननगर वडा नं. १० का वडा अध्यक्ष केशव आचार्यले मुलुक कृषी प्रधान देश भनिएतापनी कृषकले सहि मुल्य नपाउने र बिचौलीयाले सधै नाफा मात्र खाने प्रवित्ती देखीएकाले यो हाट बजार किसानले सिधै ब्यापार गर्नकोलागि सञ्चालनमा ल्याउन लागेको बताए ।

हाट बजार सञ्चालक संस्था मध्यको एक हरिहर टोल बिकास संस्थाका अध्यक्ष सोम प्रसाद भट्टले कुनैपनि किसानले अन्य ठाउँमा उत्पादन गरेको तरकारी तथा फलफुल तरत्ननगरमा ल्याएर सबैलाई खुवाउन सकुन भन्ने उद्देश्यले यो हाटबाजर सञ्चालन गरिएको बताए ।
हरिहर टोल बिकास संस्थाका सचिव झपेन्द्र राज पन्तले हाट बजारमा सबैभन्दा अन्तिममा कपडा पसल, बिचमा कस्मेटिक, भाडा पसल र ईलेक्ट्रोनिक्स र अगाडी स्थानमा तरकारी तथा फलफुल रहने जानकारी दिए ।