देश आफैले वनाउने हो,अरुले वनाउँदैन – पूर्वअर्थमन्त्री पाण्डे

चितवन । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले विदेशीको भरमा मुलुकको विकास हुन नसक्ने वताएका छन् । क्षेत्रीय रेस्टुरेन्ट एण्ड बार एसोसियसन सौराहाको १३ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशनको मंगलवार उद्घाटन गर्दै पूर्व अर्थमन्त्री पाण्डेले नेपाल नेपालीलेनै वनाउनु पर्ने वताए ।

देशको विकासमा विदेशीको भर पर्नु हुन्न प्रतिनिधी सभा सदस्य समेत रहेका पाण्डेले भने – हामी झगडा गरेर वस्छौ,विदेशीको मुख ताक्छौ,यसरी कहाँ मुलुक वन्छ । नेपाल जस्तो सानो मुलुकले छिमेकीहरुसंग प्रतिस्पर्धा गर्न नसक्ने पनि वताए । नेपालमै रहेको श्रोत साधनबाटै नेपाल समृद्ध मुलुक वन्ने नेकपाका नेता समेत रहेका पाण्डेको भनाई थियो । नेता पाण्डेले सौराहाको पर्यटन प्रवद्र्धनमा यहाँका व्यवसायीहरुले फराकिलो सोच वनाउनु पर्नेमा जोड दिए ।

साथै उनले पूर्वी चितवनका पर्यटकीय क्षेत्रहरुलाई जोडेर पर्यटनको विकास गर्नु पर्ने समेत वताए । प्रदेश साँसद कृष्ण प्रसाद खनालले सौराहालाई खेलकुदको क्षेत्रबाट समेत पर्यटन प्रवद्र्धन गर्न सकिने औल्याए । रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन,उपमेयर विमला दुवाडी,क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष दिपक भट्टराई,इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक भावेश रिमाल,सौराहा वचतका योगेन्द्र अधिकारी,बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जितु तामाङ लगायतले मन्तव्य राखेका थिए । सौराहाको पर्यटन प्रवद्र्धनमा पत्रकारीता मार्फत योगदान पुर्याएको भन्दै पूर्वी चितवन पत्रकार संघलाई सम्मान गर्नुका साथै सानो घरमा आश्रित वालवालिकाहरुलाई खाजाका लागि नगद ११ हजार रुपैया हस्तान्तरण गरिएको थियो ।