जनता बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १२ प्रतिशत लाभांश दिने

काठमाडौं । जनता बैकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। बैकले ६ प्रतिशत बोनस शेयर र उक्त बोनसको कर प्रयोजन सहितको  लागि थप ६ प्रतिशत नगद लाभांश दिने भएको हो ।

बैकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैक र साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् । गत वर्षको तुलनामा बैकले बढाएर लाभांश प्रस्ताव गरेको हो। बैकले गत वर्ष ८.५ प्रतिशत लाभांश दिएको थियो ।

हाल बैकको चुक्ता पूँजी आठ अर्ब रुपैयाँ छ। बैंकले गत वर्ष एक अर्ब ३४ करोड रुपैयाँ नाफा गरेको थियो। हाल ग्लोबल आइएमई बैकसँग गाभिने प्रक्रियामा रहेको बैकको दोस्रो बजारमा भने कारोबार रोक्का छ।