चट्याङका कारण चितवनको युनाइटेड प्याकेजिङ फ्याक्ट्रीमा आगलागी

चितवन । चितवनमा रहेको एक कार्टुन फ्याक्ट्रीमा आगलागी भएको छ ।

बिहान ३.१९ बजे भरतपुर महानगरपालिका – ४ नारायणगढ बाह्रघरेमा रहेको युनाइटेड प्याकेजिङ प्रालिमा आगलागी भएको चितवन प्रहरीले जनाएको छ । आगलागी चट्याङकै कारण भएको कारखानाका सञ्चालक भद्रनारायण पियाको अनुमान छ । आगोले उत्पादन भएका कार्टुनहरु र कार्टुन उत्पादन गर्न गोदाममा राखेका कागजका ठूल्ठूला रोलहरु सबै नष्ट गरेको छ ।

बिहानबाट लागेको आगो अझै सम्म पनि नियन्त्रणमा आएको छैन। आगो नियन्त्रणको लागि भरतपुर महानगरपालिकाका दुईवटा र खैरहनी र कावासोती नगरपालिकाका एक एकवटा दमकलले प्रयास गरिरहेका छन्। आगलागीबाट मानवीय भने भएको छैन ।