पर्यटकीय नगरी सौराहामा खुल्यो नयाँ रिसोर्ट, ‘ग्रिनलस जङ्गल रिसोर्ट’ (हेर्नुस् फोटाेहरु)

चितवन । पर्यटकीय नगरी सौराहामा नयाँ रिसोर्ट संचालनमा आएको छ ।
रत्ननगर नगरपालिका वडा नं. ७ बद्रेनीमा गत असोज १ गते बुधबारबाट संचालनमा आएको छ, ग्रिनलस जङ्गल रिसोर्ट । हात्ती प्रजनन् केन्द्र जाने बाटोको पार्किङ्ग स्थल नजिकै पिकनिक स्पट रहेको छ ।

सोको छेउमा रहेको सो रिसोर्टबाट पाहुनाहरुले राप्ती नदीको मनोरम दृष्य र नजिकैबाट जङ्गली जनावरहरुलाई समेत अवलोकन गर्न सक्ने छन् ।

स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लक्षित गरी संचालनमा ल्याइएको सो रिसोर्टबाट हात्ती सफारी, जिप सफारी, जङ्गल वाक, साइडसिन, सिटी टुर लगायत विभिन्न ट्राभल तथा टिकेटिङ्गको सुविधाहरु समेत प्राप्त गर्न सकिने रिसोर्टका संचालक नारायण श्रेष्ठले बताए । रिसोर्टमा ८ वटा एसी तथा नन–एसी कोठाहरु रहेका छन् ।


विभिन्न गोष्ठी तथा सेमिनार गर्नका लागि सेमिनार हलको समेत सुविधा रहेको छ । त्यस्तै रुफटप रेष्टुरेण्टबाट राप्ती नदी र जङ्गलको दृष्यावलोकन गर्दै आनन्द लिन सकिने उनले बताए । स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि लक्षित गरी लोकल हाँस र कुखुराका परिकारका अतिरिक्त नेपाली, इण्डियन, चाइनिज, कन्टिनेन्टल लगायतका खानाका परिकार समेत उपलब्ध हुने संचालक श्रेष्ठले बताए ।


क्याम्प फायर गर्दै साझ र रातको समयमा पनि पाहुनाहरुले मनोरञ्जन लिन सक्ने उनले बताए । सौराहामा स्वदेशी तथा विदेशी पर्यटकका लागि सर्वसुलभ मूल्यमा सबै सुविधाहरु उपलब्ध गराइने रिसोर्टका अर्का संचालक मनोज घिमिरेले जानकारी दिए । सौराहाका अन्य होटल, रिसोर्ट र रेष्टुरण्टमा भन्दा हामीले सेवा सुविधामा कुनै पनि कमि हुन दिने छैनौं, उनले भने । अन्यत्र भन्दा मूल्य समेत सस्तो रहेको उनले बताए ।


१० कठ्ठा क्षेत्रफलमा फैलिएको सो रिसोर्ट करिव ६० लाखको लगानीमा संचालनमा आएको हो । सो रिसोर्टका संचालकहरु चितवनका युवा व्यवसायी नारायण श्रेष्ठ र मनोज घिमिरे रहेका छन् ।
देशकै तेश्रो पर्यटकीय नगरी सौराहामा हालसम्ममा करिव १ सय १० वटा होटल, रिसोर्ट तथा ५६ वटा रेष्टुरण्टहरु संचालनमा रहेका छन् ।