कालिकाको निशुल्क आँखा शिविरमा २ सय ८६ जनाको आँखा परिक्षण

चितवन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. -६ खोलेसिमलमा आज निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

भरतपुर आँखा अस्पताल, कालिका नगरपालिका र लायन्स क्लव अफ चितवन राईनो सिटी, लायन्स क्लव अफ चितवन सौराहा, लायन्स क्लव अफ रत्ननगर मीड नेपाल, लायन्स क्लव अफ रत्ननगर पीस र लायन्स क्लव अफ चितवन कालिकाको संयुक्त आयोजनामा भएको सो शिविरमा २ सय ८६ जनाको निशुल्क आँखा जाँच गरिएको थियो ।

आँखा जाँच गराएका मध्ये ४२ जनामा मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने भएकाले उनीहरुको निशुल्क शल्यक्रियाको लागि आजै भरतपुर आँखा अस्पताल लगिएको लायन्स क्लव अफ चितवन कालिकाका सचिब बुद्धि प्रसाद अधिकारीले जानकारी दिए ।

लायन्स क्लव अफ चितवन कालिकाका अध्यक्ष सुर्दशन अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख खुम नारायण श्रेष्ठ, वडा अध्यक्ष विनोद रेग्मी,लायन्स क्लवका पूर्व डिष्टिक गर्भनर राजकुमार श्रेष्ठ, डिष्टिक एडभाइजरहरु दीपक खतिवडा, योगेन्द्रनाथ अधिकारी, रिजन चियर पर्सन तथा आँखा शिबिर कार्यक्रम सम्योजक कृष्णलाल श्रेष्ठ, लायन्स क्लव अफ चितवन राईनो सिटीका पूर्व अध्यक्ष ओमलाल सापकोटा, भरतपुर आँखा अस्पतालका प्रशासन प्रमुख दया शंकर चौधरी, अस्पतालका कार्यक्रम सम्योजक रमेश घिमिरे, लायन्सका डिष्टिक चिफ कोअडिनेटर सुरेशचन्द्र आचार्य लगायतले मन्तव्य राखेका थिए ।

सो शिबिरमा डा.सन्तोष पौडेल, सृृृृृृस्टि पौडेल, प्रिया चौधरी लगायत को टोलिले बिरामीको आँखा उपचार गराएका थिए ।