सामाजिक सेवामा जनता बैंक: नागभुषण महादेव मन्दिरको स्तरोन्नतीको लागि रु १ लाख ५० हजार सहयोग

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले नागार्जुन न.पा. वडा न. १, रानीवन स्थित नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारको लागि रु. १ लाख ५० हजार सहयोग प्रदान गरेको छ ।

बैंकका नायव प्रमुख कार्यकारी अध्यक्ष सुजित कुमार शाक्यले नागभुषण महादेव मन्दिर संरक्षण तथा सामुदायिक संस्थाका अध्यक्ष श्रीमती विष्णु
कुमारी सिंखडालाई आज उक्त रकमको चेक हस्तान्तरण गर्नु भएको हो ।

ईचंगुनारायण जग्गा एकिकरण आयोजना भित्र करिव १.५ रोपनी क्षेत्रफलमा कलात्मक श्री नागभुषण महादेव मन्दिर र करिव २०० जना क्षमताको सत्संग भजनपाटी निर्माण गरिएको छ । सो मन्दिर परिसरको थप भौतिक संरचना सुधार र निर्माणको लागि सहयोग स्वरुप  बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  उक्त रकम प्रदान गरेको हो ।
जनता बैंक नेपालले हाल मुलुकभरमा १४२ शाखा ५० शाखा रहित बैकिंग १०८ एटिएम ३ एक्स्टेन्सन काउण्टर र १ सिमित बैकिंग इकाई मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।