राष्ट्रिय शिक्षा दिवसको अबसरमा रिलायन्स इन्टरनेसनल एकेडेमी नेपाल सरकारबाट उत्कृष्ट घोषित

काठमाडौं । राष्ट्रिय शिक्षा दिवसको अबसरमा रिलायन्स इन्टरनेशनल एकेडेमी नेपाल सरकारबाट उत्कृष्ट बिधालय घोषित भएको छ ।

काठमाडौँको उत्तरपूर्वी क्षेत्र बुढानीलकण्ठ नगरपालिका वडा नं. १० कपन, मिलनचोकमा वि.सं. २०५० मा स्थापित भई छोटो समयमै राष्ट्रको अब्बल शैक्षिक संस्थाका रुपमा विशिष्ट पहिचान बनाउन सफल रिलायन्स इन्टरनेसनल एकेडेमीले २०७० सालको एस.एल.सी.
परीक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गरी स्थापित गरेको राष्ट्रिय गरिमालाई कायम राख्दै पुन: २०७५ सालको एस.इ.इ. को उत्कृष्ट नतिजाका आधारमा देशैभरिका संस्थागत विद्यालयतर्फ राष्ट्रकै उत्कृष्ट विद्यालयका रुपमा नेपाल संघीय सरकार  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका साथै प्रदेश नं. ३ सरकार–सामाजिक विकास मन्त्रालय र स्थानीय सरकार बुढानिलकण्ठ नगरपालिकाबाट राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस – २०७६ को अवसरमा पुरस्कृत एवम् सम्मानित  भएको हो ।

साथै राष्ट्रव्यापी ऐतिहासिक उपलब्धिलाई निरन्तर कायम राख्न सफल भएकोमा विद्यालय परिवार, विद्यार्थी तथा अभिभावकहरुमा हार्दिक बधाइ समेत व्यक्त गरेको छ । साथै भविष्यमा समेत राष्ट्रको उत्कृष्ट शैक्षिक संस्थाका रुपमा आफ्नो पहिचान कायम राख्न सफल बनाउन सबैको साथ सहयोग रही रहने भन्दै विद्यालयले सबैलाई अनुरोध समेत गरेको छ ।