चितवनको फोर्ब्स कलेजले आफ्नो तेस्रो बार्षिकोत्सब मनायो, देशभर मै कलेज उत्कृष्ट बन्दै

चितवन । फोर्ब्स कलेजले आज आफ्नो तेस्रो बार्षिकोत्सब मनाएको छ । भरतपुरमा एक कार्यक्रमको आयोजना गरी कलेजले बार्षिकोत्सब मनाएको हो ।

कलेजका प्राचार्य दिपक गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि युरेका युनिर्भसिटीका प्रोफेसर डा.हाबिल क्लस रहेका थिए । बार्षिकोत्सब समारोहमा कलेजका सहप्राचार्य हरिशरण पाठकले प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कलेजका अध्यक्ष डा.संजय झा,सल्लाहाकार प्रा.डा. भोजराज अर्याल,प्रा.डा.होम बहादुर बस्नेत,वडा नम्वर २ का वडाध्यक्ष पूर्ण बहादुर श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो । सो अवसरमा सांस्कृतिक कार्यक्रमसंगै उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण समेत गरिएको थियो ।

नेपालमै पहिलो पटक तेस्रो समेस्टरमा अध्ययनरत सिस्को सिसिइएनटी सर्टिफाइट प्राप्त गर्ने आइटीका विद्यार्थी दिपु ओझा,राजन धिताल र संजय न्यौपानेलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य ई.दिवस मैनालीले व्यक्त गरेका थिए भने संचालन ई.सुलव अधिकारीले गरेका थिए ।

यसअघि फोब्र्स कलेजले स्थापनाको छोटो समयमा उत्कृष्ट नतिजा दिन सफल भएको जनाएको छ । तेस्रो बार्षिक उत्सबको उपलक्ष्यमा कलेजले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी कलेजले उत्कृष्ट नतिजा हाँसिल गरेको जानकारी दिएको हो ।

कलेजका प्राचार्य दिपक गौतमका अनुसार कलेजले पहिलो व्याचमा ९५ प्रतिशत विद्यार्थी उत्र्तिण गर्न सफल भएको छ भने दोस्रो बर्षमा ९० प्रतिशत विद्यार्थी उत्र्तिण गर्न सफल भएको छ । उनले कलेजले नेपालीसंगै विदेशी एक्सपर्टहरु ल्याएर विद्यार्थीलाई अध्ययन अध्यापन गराउँदै आएको बताए । कलेजमा १ सय ३० जना विद्यार्थी अध्ययनरत छन् भने नयाँ शैक्षिक शत्रमा ८० जना विद्यार्थी भर्नाको तयारी गरिएको छ । उनले साइबर स्रेक्रेटी सम्बन्धि अध्यापन फोब्र्स कलेजमा नेपालमै पहिलो र एकमात्र भएको दावी गरे ।

युरेका युनिर्भसिटीका प्रोफेसर डा.हाबिल क्लसले नेपालको फोब्र्स कलेजसंग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । उनले भने,‘रिसर्चलाई प्राथमिकता दिएर स्थापना भएको युरेका युनिर्भसिटीले विभिन्न देशका कलेजसंग सहकार्य गरेको छ,युनिभर्सिटीले अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको छ ।’ युरेका युनिर्भसिटीले आइएसओ,आइईसी,डिआइएन स्टान्डर्ड मान्यता प्राप्त गरेको प्रोफेसर क्लसले बताए । विश्वका विभिन्न देशका नौं कलेजलाई युरेका युनिर्भसिटीले सम्बन्धन दिएको उनले जानकारी दिए ।

कलेजका अध्यक्ष संजय कुमार झाले देशका १२ हजार विद्यार्थी विदेशी युनिर्भसिटीमा अध्ययनका लागि जाने गरेको भन्दै त्यसलाई रोक्न अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमै प्रदान गरिएको बताए । नेपालमा ११ विदेशी युनिभर्सिटीका ५६ कलेजले नेपालमा विभिन्न विषयमा अध्ययन अध्यापन गराइरहेको उनले बताए । उनले विदेशको युनिर्भसिटीबाट सम्बन्धन ल्याएर नेपालमा शैक्षिक संस्था संचालन गर्न सहज नभएपनि फोब्र्स कलेजले सबै आवश्यक प्रकया पुरा गरेर अध्ययन अध्यापन गराइरहेको जानकारी दिए । उनले विदेशबाट पनि विद्यार्थीहरु अध्ययनका लागि आउने वातावरण बनाइने बताए ।