लायन्स क्लब अफ चितवन कालिकाद्वारा लायन्स पार्कमा बेञ्च राख्ने कार्यक्रम सम्पन्न

चितवन । लायन्स क्लब अफ चितवन कालिकाद्वारा लायन्स पार्कमा बेञ्च राख्ने कार्यक्रम आज सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष शुदर्शन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनल ३२५ बि २का एओजी निरज श्रेष्ठ ,बिशिस्ट अतिथि क्लबका निबर्तमान अध्यक्ष तथा लायन्स क्लब ईन्टरनेशनल ३२५ बि २का मिडियाा को-अडिनेटर शिशिर सिंंखडा, कार्यक्रम संयोजक सितलकाजी श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । सो पार्कमा क्लबको तर्फबाट आज ४ थान कुर्सीहरु राखिएकाे छ ।

सोही कार्यक्रममा क्लबका नंया सदस्य कृष्ण मगरलाई क्लबको पिन लगाइ स्वागत गरिएको थियो भने क्लबका निबर्तमान अध्यक्ष तथा लायन्स क्लब ईन्टरनेशनल ३२५ बि २का मिडिया को-अडिनेटर शिशिर सिंंखडा र क्लब अध्यक्ष शुदर्शन अधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनल ३२५ बि २का एओजी निरज श्रेष्ठले क्लबमा रही महत्त्वपूर्ण कार्य गरेको भन्दै क्लबको अन्तर्राष्ट्रिय पिनबाट सम्मान गर्नुभएको थियो ।