काठमाडौंबाट दुई वटा पेस्तोल र चार राउण्ड गोली सहित ७ जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दुई वटा पेस्तोलसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले गुण्डागर्दीमा संलग्न भएकाे भन्दै ७ जनालाई दुई वटा पेस्तोलसहित पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदीका अनुसार माछापोखरीबाट दुई वटा पेस्तोल र चार राउण्ड गोलीसहित उनीहरुलाई काठमाडौं प्रहरीले पक्राउ गरेको पुष्टि गरेका हुन् । प्रहरी प्रमुख सुवेदीले दुई वटा पेस्तोल र ४ राउण्ड गोलीसहित पक्राउ गरेको बताए ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई काठमाडौं प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी समेत गरेको छ ।