क्षेत्रीय होटल संघमा सहमति, अध्यक्षमा दीपक भट्टराई चयन, पत्रकार सापकोटालाई पर्यटन पत्रकारिता पुरस्कार

चितवन । क्षेत्रीय होटल संघ चितवन सौराहाको अध्यक्षमा दीपक भट्टराई सर्वसम्मत चयन भएका छन । संघको १८ औं साधारण सभा तथा आठौं अधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

भट्टराई यस अघिको कार्यसमितिमा प्रथम उपाध्यक्ष थिए । नयाँ निर्वाचित समितिको प्रथम उपाध्यक्षमा राममणि खनाल,उपाध्यक्षमा योगेन्द्रनाथ अधिकारी,अञ्जन पाण्डे,टीका गिरी,गंगा गिरी,ओम पाण्डे,महासचिवमा गुणराज थपलिया,सचिवमा वविता चौधरी,कोषाध्यक्षमा माधव दुवाडी र सहकोषाध्यक्षमा लोजिक कृष्ण श्रेष्ठ चयन भएका छन ।

समितिको सदस्यहरुमा प्रकासचन्द्र भट्टराई,सन्तोष गिरी,उमाकान्त पौडेल,राजेन्द्रकुमार भण्डारी,हरि श्रेष्ठ,मनोनित सदस्यमा वलराम सुवेदी,शम्भू माली चयन भएका छन । संघको हेटौडा इकाइबाट भगिरथी शर्मा,पश्चिम चितवन इकाइबाट गणेश शर्मा पौडेल,नवलपरासी इकाइबाट डिवी चौधरी र हाइवे इकाईबाट प्रलाद मिश्र चयन भएका छन ।

नवनिर्वाचित कार्यसमितिलाई शनिवारै सपथप्रहण तथा प्रमाणपत्र प्रदान गरिएको छ । नवनिर्वाचित अध्यक्ष भट्टराईले सौराहाको विकासको लागि सबै संग मिलेर काम गर्ने प्रतिबद्धता जनाए ।

सबैको सहकार्यबाट मात्र सौराहाको विकास गर्न सकिने भन्दै उनले पर्यटन पूर्वाधार निर्माण,सेवा विस्तारको लागि सामुहिक रुपमा अगाडि बढने बताए ।

पत्रकार सापकोटालाई पर्यटन पत्रकारिता पुरस्कार

क्षेत्रीय होटल संघ चितवन सौराहाले पत्रकार होमनाथ सापकोटालाई पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरेको छ । संघको १८ औं बार्षिका साधारण सभा तथा ८ औं अधिवेशनमा सापकोटालाई नगद सहित पुरस्कृत गरिएको हो ।

पत्रकारिताको माध्यमबाट चितवनको पर्यटन विकासमा योगदान पु¥याएको भन्दै सापकोटालाई पुरस्कृत गरिएको संघले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सांसद कृष्ण प्रसाद खनाल,मेयर नारायण वन र संघका अध्यक्ष सुमन घिमिरेले दोसल्ला,सम्मानपत्र र नगद सहित पुरस्कृत गरेका थिए ।

विगत १७ बर्ष देखि पत्रकारितामा क्रियाशिल पत्रकार सापकोटा पूर्वी चितवन पत्रकार संघका अध्यक्ष तथा चितवन पोष्ट दैनिकका संवाददाता हुन । पूर्वी चितवनलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका सापकोटाले पर्या पर्यटनका विषय बस्तुलाई महत्व दिएर कलम चलाउदै आएका छन ।