चिनियाँ विदेशमन्त्री वाङ यी भोलीदेखि तीन दिने नेपाल भ्रमणमा

काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिन फिनको नेपाल भ्रमणको तयारीका लागि त्यहाँका विदेशमन्त्री वाङ यी आइतबार (भोली)देखि तीन दिने नेपाल भ्रमणमा आउने भएका छन् ।

पाकिस्तानको भ्रमणमा रहेका उनी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । तीन दिने भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्या भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् ।

सो क्रममा एक दिनका लागि हुने भनिएको चिनियाँ राष्ट्रपति फिनको भ्रमणको तयारीका बारेमा नेपाल सरकारसँग जानकारी लिनेछन् । त्यसको पूर्वतयारीका लागि नेपालका लागि चिनियाँ दूतावासमा पनि जानकारी दिने जनाइएको छ ।