चितवनको नेकपामा को-कहाँ पढ्नुुुुुहोस भागवण्डाः ५२ वडामा पूर्व एमाले,४६ वडामा पूर्व माओवादीको नेतृत्व

चितवन । नेकपा चितवनको दोस्रो बैठकले चितवनका ७ पालिकाका ९८ वडाको भागवण्डा गरेको छ । साविकको नेकपा एमाले र माओवादी केन्द्रका तर्फबाट भागवण्डा गरी नेतृत्व लिने वडा टुङगाइएको हो ।

भरतपुर महानगरपालिकाका २९ वडामध्य १५ वडा पूर्व एमाले र १४ वडा पूर्व माओवादीले नेतृत्व लिने सहमती भएको छ । राप्ती नगरपालिकाका १३ वडामध्य ७ वडा पूर्व एमाले र ६ वडा पूर्व माओवादीको भागमा परेको छ । यस्तै खैरहनी नगरपालिकाको १३ मध्य ७ पूर्व एमाले र ६ पूर्व माओवादीको भागमा परेको छ । रत्ननगर नगरपालिकाका १६ वडामध्य पूर्व एमाले र पूर्व माओवादीको भागमा ८÷८ वडा परेका छन् ।

कालिका नगरपालिकाका ११ वडा मध्य ६ पूर्व एमाले र ५ पूर्व माओवादीको भागमा परेको नेकपा चितवनका अध्यक्ष यम बहादुर परियारले जानकारी दिए । उनले इच्छाकामनाका ७ वडामध्य ४ पूर्व एमाले र ३ पूर्व माओवादी केन्द्रको भागमा परेको बताए । यस्तै माडी नगरपालिकाका ९ वडा मध्य ५ पूर्व एमालेको भागमा र ४ पूर्व माओवादीको भागमा परेको छ ।

१ सय २५ सदस्सीय महानगर कमिटीमा पूर्व एमालेको भागमा ६५ र पूर्व माओवादीको भागमा ६० जना परेको छ । इच्छाकामना गाँउ कमिटीमा ४० जना पूर्व एमाले र ३५ जना पूर्व माओवादी केन्द्रको भागमा परेको नेकपा चितवनले जानकारी दिएको छ । यस्तै माडी नगरपालिकामा ४० पूर्व एमाले र ४१ पूर्व माओवादीले नेतृत्व लिने सहमती भएको छ । रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा पूर्व एमालेका तर्फबाट ४३ र पूर्व माओवादी केन्द्रको तर्फबाट ३८ जना परेका छन् ।

बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समिति पनि टुंगो लगाएको छ । क्षेत्र नम्बर १ र २ को प्रतिनिधि सभा क्षेत्र समन्वय समितिको संयोजक पूर्व एमालेको भागमा र क्षेत्र नम्वर ३ पूर्व माओवादी केन्द्रको भागमा परेको छ ।

यस्तै प्रदेश सभा क्षेत्र समन्वय समिति अन्तर्गत चितवन १ (क) मा पूर्व माओवादी केन्द्र, १ (ख)मा पूर्व एमालेको संयोजक हुने भएका छन् । यस्तै २ (क) मा पूर्व माओवादी,२(ख)मा पूर्व एमोले र ३ (क)मा पूर्व एमाले र ३ (ख)मा पूर्व माओवादीको भागमा परेको नेकपाले जनाएको छ ।
अझै ७ पालिकाका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, सचिव, जिल्ला पार्टी कार्यालय, सचिवालय, विभिन्न विभाग, र जनवर्गिय संगठनको टुंगो लगाउन बाँकी छ ।