कालिकाको विभिन्न स्थानमा हरितालिका तिजको शुभकामना आदान प्रदान तथा दरखाने कार्यक्रम सम्पन्न ( हेर्नोस फोटाेहरु )

चितवन । कालिका नगरपालिकाको विभिन्न स्थानमा आज हरितालिका तिजको शुभकामना आदान प्रदान तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ ।

सक्रिय नारीचेतना बचत तथा ऋण सहकारी सस्था लि.को आयोजनामा खोलेसिमल बजारमा हरितालिका तिजको शुभकामना आदान प्रदान तथा दरखाने कार्यक्रम भएको थियो । सो कार्यक्रम सस्था कि अध्यक्ष अनन्त तिमिल्सिनाको अध्यक्षता र नगरपालिकाकी उप मेयर कमला भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

तेस्तैै नेपाल कम्युनिस्ट पार्टी कालिका नगर कमिटीको आयोजनामा पनि पदमपुरमा हरितालिका तिजको शुभकामना आदान प्रदान तथा दरखाने कार्यक्रम गरिएको नेकपाकि नेता सबिता लामाले जानकारी दिइन ।

तेस्तैै कालिका नगरपालिकाको शक्तिखोरमा पनि हरितालिका तिजको शुभकामना आदान प्रदान, दरखाने तथा तिज बिशेष कार्यक्रम भएको थियो ।

लगनशिल सामाजिक उधमी महिला बचत तथा ऋण सहकारी सस्था लि. को आयोजनामा कालिका -८ गैरीबारी चोकमा पनि  हरितालिका तिजको शुभकामना आदान प्रदान तथा दरखाने कार्यक्रम गरिएको थियो ।

सो कार्यक्रम सस्था कि अध्यक्ष छमीकुमारी रानाको अध्यक्षता सम्पन्न भएको सस्था कि ब्यबस्थापक जुना लामाले जानकारी दिइन ।

सक्रिय नारीचेतना बचत तथा ऋण सहकारी सस्था लि.को आयोजनाको तिज बिशेष फोटाेहरु हेर्नोस

 लगनशिल सामाजिक उधमी महिला बचत तथा ऋण सहकारी सस्था लि.को आयोजनाको तिज बिशेष फोटाेहरु हेर्नोस