मेयर–उपमेयर बोलचालै बन्द, जनताका समस्या ज्यूँका त्यूँ

चितवन । स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि जनताले आफ्ना काम अब सजिलै बन्छन् भनेर आशा गरे ।

तर जोसँग आशा गरेको थियो, उनीहरु नै मनमुटावमा उत्रिएपछि अपेक्षा गर्ने ठाउँ नै कहाँ रह्यो ? यस्तै अवस्था छ, रौतहटका स्थानीय तहमा । यहाँका धेरैजसो तहमा प्रमुख–उपप्रमुखबीच मनमुटाव छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष विवादले कामकारबाही सहजरुपमा अघि बढ्न सकेको छैनन् । समस्या ज्यूँका त्यूँ छन् । नगरपालिकामा पनि प्रमुख मेयर–उपमेयरबीच बोलचाल छैन ।

त्यसले नगरका कामकारवाही चुस्तदुरुस्त रुपमा अघि बढ्ने कुरै भएन । यो समाचार कान्तिपुर दैनिकमा शिव पुरीले लेखेका छन् ।