
चितवन । भरतपुर महानगरपालिका–११ गणेशस्थानमा रहेको गणेशधाम क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट दिनेशकुमार चुकेको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
संरक्षण तथा सम्वद्र्धन समितिको वरिष्ठ उपाध्यक्षमा राजनकुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा बाबुराम न्यौपाने, द्वितीय उपाध्यक्षमा प्रेमकुमार श्रेष्ठ, महासचिवमा रविन्द्र बराल, सचिवद्वयमा सन्तोष पन्त, विष्णुकुमारी सापकोटा, कोषाध्यक्ष शंकर अधिकारी, सहकोषाध्यक्षमा अमृता भट्टराई रहेका छन् । त्यसैगरी सदस्यहरुमा पुस्तकप्रसाद गौतम, केशव थापा(निरु), बाबुराम अधिकारी, शुक्रकुमार श्रेष्ठ, नवराज ढकाल, वेदराज न्यौपाने, नवराज मरहट्टा, मुकुन्दप्रसाद बिडारी, लालप्रसाद ढकाल, भोजराज सुवेदी, कमला अर्याल, राजकुमारी खड्का, कमला गौतम, प्रेरणा किरण पौडेल, रामकृष्ण धमेल र जायश्वर आचार्य रहेका छन् ।