सामाजिक सेवामा लियो क्लब अफ भरतपुर

चितवन । लियो क्लब अफ भरतपुरले विभिन्न सामाजिक सेवाका कार्यक्रमहरु गरेको छ ।

क्लबले भरतपुर महानगरपालिका–५ तोरीखेतको राष्ट्रिय माध्यमिक विद्यालयका ४४ जना विद्यार्थीलाई छात्रवृत्ति दिएको छ ।

सोही अवसरमा सोही विद्यालयमा सरसफाइसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम पनि गरिएको थियो । जनचेतना कार्यक्रममा चितवन मेडिकल कलेजका डाक्टर गणेश नेपाली, दृश्या श्रेष्ठ, माधवी गैरे, सलिना श्रेष्ठ, दिव्या अधिकारी, दृष्टि पौडेल, अनिता पौडेल तथा शशी भुषन पौडेलले विभिन्न प्रदर्शन गरेका थिए ।