
समाजवादी पार्टी निकट उच्च स्रोतले दिएको जानकारी अनुसार उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादव भने कुनै पनि हालतमा अहिले सरकारबाट बाहिरिने पक्षमा छैनन् ।
तर, बाबुरामले भने तत्काल पार्टी सरकारबाट बाहिरिनु पर्ने दबाब दिँदै आएका छन् । स्रोतले भन्यो,‘संविधान संशोधन प्रस्ताव अघि नबढाएपनि उपेन्द्रजी तत्काल सरकारबाट बाहिरिने पक्षमा हुनुहुन्न, उहाँ सरकारले संविधान संशोधन प्रस्ताव अघि बढाउनेमा पूर्ण विश्वस्त हुनुहुन्छ ।’
तत्कालिन संघीय समाजवादी फोरम नेपाल संविधान संशोधन र मधेश आन्दोलनका मुद्दा सम्बोधन गर्ने शर्तमा दुई बुँदे सहमति गरेर सरकारमा सहभागी भएको थियो ।