
काठमाडौं । सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली बर्दिवास सडक आयोजना अन्तर्गत भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लामा पर्ने अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल खण्ड स्तोरउन्नति सहित साँगामा सुरूङमार्ग बनाइने भएको छ ।
दुई वर्ष अगाडिदेखि राजधानीको कोटेश्वर क्षेत्रमा रहेको जाम हटाउन सुरूङ मार्ग बनाउने तयारी भनिए पनि अहिलेसम्म कुनै कामको पनि डीपीआर तयार भएको छैन । भक्तपुर–धुलिखेल स्तोरउन्ती गर्नको लागि कार्यालय स्थापना भएको दुई वर्ष भए पनि तत्पश्चात अन्य काम अगाडि बढ्न सकेको छैन ।जापानिज कम्पनीले एक वर्षभन्दा अगाडिनै सरकार आयोजनाको प्रारुप तयार गरी नेपाल सरकारलाई बुझाएको थियो ।
जापानिज कम्पनीले सडक ६ लेनको बनाउने र ६ सय १३ मिटर एकातितर सुरूङमार्ग बनाउन र अर्कोतिर ६ सय २३ मिटरको बनाउने प्रस्ताव गरेको छ । त्यस्तै अरू ठाउँमा टनेल बनाउने सूर्यविनायक– धुलिखेल, धुलिखेल– सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । जापान सरकारले ४ अर्ब ४ करोड रुपैयाँ अन्दानमा उक्त सुरूङमार्ग निर्माणका लागि सरकार समक्ष प्रस्ताव पेस गरेको थियो ।
३ स्थानमा सडक सुधार गर्ने देखिएको छ । सडक सुधार गर्ने स्थान पलाँसे, जगाते, बनेपा रहेका छन् । त्यस्तै १४ स्थानमा आकाशे पुल निर्माण गर्नुपर्ने देखिएको छ भने बस विसौनी संख्या २५ वटा रहेको छ । पुल २ वटा र कलभर्ट ४ वटा रहेको रहेको छ ।
सुरूङभित्र लेनको संख्या २ लेन चौडाई ३.५ मिटरको रहेको छ । सुरूङ टुवको संख्या २ वटा दुव्ैतर्फ रहेको छ भने अन्य सुविधामा कर लिने ठाउँ दुवैतर्फ १–१ हुनेछ ।