पतञ्जली योगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृष्णलाई कसले खुवायो बिष ?

काठमाण्डाैँ । गतसाता अचानक अस्वस्थ हुनुभएका भारतस्थित पतञ्जली योगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृष्णलाई कसैले विष खुवाएको खुलासा भएको छ ।
नेपालको स्याङजामा जन्मिएका आचार्य भारतका प्रभावशाली योग गुरु रामदेवका मुख्य सहयोगी हुनुहुन्छ ।
पतञ्जलाी योगपीठ नेपालमा पनि सक्रिय छ । आचार्य अस्वस्थ भएपछि नेपालस्थित पतञ्जलीका अधिकारी अहिले भारतको हरिद्वार पुगेका छन् ।
कृष्ण जन्माष्टमीको दिन भक्तले उपलब्ध गराएको प्रसाद (पेडा) खाँदा अचानक बिरामी हुनुभएका आचार्य बालकृष्णको स्वस्थ्यमा सुधार देखिएको छ । पेडा खाएको केही समयपछि बेहोस हुनुभएका आचार्यलाई तत्काल पतञ्जलीको स्वामित्वमा रहेको हस्पतालमा सरुवा गरिएको थियो ।
आचार्यलाई पेडामा विष मिसाएर खान दिएको आशंका गरिएको छ ।  (नेपाल समाचारपत्रबाट)