जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिन्छुु – पर्यटनमन्त्री भट्टराई

काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन्। ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका हुन्।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री भट्टराईले यस्तो घोषणा गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधी प्राप्तलाई मात्र सवारी साधन सहित प्रवेश दिइने मन्त्री भट्टराईले बताए।