सिंगापुरबाटैै प्रधानमन्त्री केपी शर्मा ओलीले गरे भिडियो कन्फ्रेन्स मार्फत् मन्त्रिपरिषद बैठक

काठमाडौं । उपचारको सिलसिलामा सिंगापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रि परिषद बैठक बसाउनु भएको छ ।

नेपालमा पहिलो पटक यसरी भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको हो ।

कार्यबाहक प्रधानमन्त्री सहित मन्त्रिहरु प्रधानमन्त्री कार्यालयमा बैठकमा सहभागी हुनुहुन्छ ।

प्रधानमन्त्री ओली उपचारमा जानुअघि बसेको मन्त्रिपरिषद बैठकले मन्त्रिपरिषदको कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्स मार्फत् पनि मन्त्रिपरिषद बैठक बस्न सक्ने ब्यवस्था गरेको थियो ।