सामाजिक उत्तरदायित्व : श्रीकृष्ण जन्माष्टमीको अवसरमा जनता बैंक नेपाल लिमिटेड द्वारा सहयोग

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले श्रीकृष्ण जन्माष्टमीको अवसरमा यहि भाद्र ६ गते पाटन कृष्णमन्दिर र बुढानिलकण्ठ स्थित हरे कृष्ण धाममा भक्तजन हरुलाई पिउने पानी तथा ग्लुकोज पानी वितरण गरेको छ ।

उक्त दिन दुबै धाममा हजारौ भक्तजनहरु ब्रतबसि कृष्ण भगवानको दर्शनका लागि आउने गर्दछन् । गर्मी मौसममा लामो समय सम्म लाइनमा बस्नु पर्दाको असुविधालाई ध्यान दिई बैंकले उपलब्ध गराएको निःशुल्क पिउने पानी तथा ग्लुकोज पानीले भक्तजन हरुलाई निकै राहत प्रदान गरेको थियो ।

उक्त दिन दुबै स्थानमा गरी करिव १५ हजार भक्तजन हरुलाई शुद्ध पानी र ग्लुकोज पानी उपलब्ध गराइएको थियो ।
सोही अवसरमा बैंकले हरेकृष्ण धाम, बुढानिलकण्ठका अध्यक्ष रुपेेेश्वर जोशीलाई बैंकको तर्फबाट रु. १ लाख नगद र ५ थान ठूलो डष्टबिन सहयोग स्वरुप उपलब्ध गराएको थियो । हरे कृष्णधामले हरेक बर्ष कृष्ण जन्माष्टमीमा आउने सबै भक्तजन हरुलाई निःशुल्क भोजन (प्रसादी) को ब्यबस्था गर्ने गरेको छ ।