अग्रज महिला सहकारीकाे २१औँ बार्षिक उत्सब सम्पन्न, तिज पर्वलाइ भडकिलो नबनाऔंं – उपमेयर दवाडी

चितवन । रत्ननगर नगरपालिकाकि उप मेयर बिमलादेवि दवाडीले तीज पर्वलाई भड्किलो नबनाउन आग्रह गरेकी छन् ।

रत्ननगर १३ मा रहेको अग्रज महिला बचत तथा ऋण सहकारी संस्थाको २१ औँ बार्षिक उत्सबलाई संबोधन गर्दै उनले भनिन, ‘पछिल्लो समय तीज पर्व मौलिक नभई विसंगतितर्फ मोडिएको छ । कुनैबेला चेलीहरुको दुःख र वेदना पोख्ने पर्व अहिले अन्तै मोडिएको देख्दा रमाईलोका नाममा आँफ्नो पुरानो रितिरिवाजलाई कसले संरक्षण गर्ने भन्नेमा अन्योलता समेत बढेको छ ।’

तीज पर्वको नाममा महिना दिनअघि नै भोज भतेर लगाउने, गहना प्रदर्शन गर्नेजस्ता क्रियाकलापले तीजको मौलिकता हराउँदै गएको प्रति ईङगित गर्दै उपमेयर दवाडीले तीज पर्वलाई विकृत हुनबाट जोगाउन आग्रह गरिन् ।

‘तीज पर्वको मौलिकता के हो भन्ने कुरा सबै दिदीबहिनीले बुझ्न आवश्यक छ,’ उममेयर दवाडिले भनिन्, ‘पर्वको मर्म मर्न दिनु हुँदैन । नत्र नेपाली मौलिक पहिचान हराउँदै जान्छ ।’ त्यस्तै संस्थाको २१ औ बार्षिक उत्सबमा बोल्ने अधिकांश बक्ताले तीज पर्बमा देखिएको बिसङगति रोक्न सबै एक हुनु पर्नेमा जोड दिएका थिए ।

सहकारीले आँफ्नो बार्षिक उत्सबको अबसरमा ५४ जना शेयर सदस्यलाई  सम्मान गरेको संस्थाकी सचिब मीना बुढाथोकिले जानकारी दिईन् ।

संस्थाकी अध्यक्ष लक्ष्मी भट्टको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगर कार्यलयपालिका सदस्य निर्मला खड्का, धर्मधाम जिरौनाका अध्यक्ष श्याम बराल, शान्तिकुञ्ज महिला उद्यमि सहकारी संस्थाकी अध्यक्ष पार्वती न्यौपाने, प्रेस युनियन चितवनकी उपाध्यक्ष तथा संस्थाकी शेयर सदस्य अनिता अर्याल, पञ्चकन्या आमा समुह कि अध्यक्ष ईन्द्रकला न्यौपाने, पञ्चकन्या सामुदायिक वनकी सचिब चन्द्रकला पनेरु, विश्व हिन्दु महासंघ कि नगर अध्यक्ष पंफा अर्याल, लेखा समिति संयोजक पबित्रा लामिछाने लगाएतले बोल्नु भएको थियो ।

कार्यक्रममा संस्था कि उपाध्यक्ष धनकुमारी दवाडीले स्वागत मनतब्य राख्नु भएको थियो । २०५४ शालमा स्थापना भएको सहकारीमा ३ करोड भन्दा बढि पुजी रकम रहेको छ । हाल उक्त  सहकारीमा ३ सय ३० जना शेयर सदस्य रहेका छन् ।