
चितवन । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेकी रुकु भनिने अस्मिता कार्कीको आज चितवन जिल्ला अदालतमा बयान लिइएको छ ।
सरकारी वकीलको कार्यालयले आज आत्महत्या दुरुत्साहन अभियोगमा मुद्धा दर्ता गरेपछि अभियुक्तहरुको बयान लिन सुरु भएको हो । सो क्रममा आज पहिलो बयान अस्मिता कार्कीको लिइएको चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए । उनले आज समय अभावका कारण बाँकी दुई जना रवि लामिछाने र युवराज कँडेलको भोलि विहान १० बजेबाट बयान लिइने जानकारी दिए ।
दुई जनाको बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ ।
साथै सोही क्रममा चितवनको भरतपुर अस्ताल रोड तनावग्रष्त बनेको थियो। रविका समर्थनमा निस्किएका प्रदर्शनरकारी र प्रहरीलेबीच झडप भएको हो । प्रहरीले दर्जनबढी अश्रुग्यास प्रहार गरेको छ । झडपमा केही प्रहरी घाइते भएका छन् ।
*