आज नेपाली बजारमा के हुँदै छ सुनको भाउ ?

काठमाडौं । आज सुनको भाउ स्थिर रहेको छ । आज नेपाली बजारमा छापावाल सुन तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार देखि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी तोलाको ८३० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ पनि आज स्थिर रहेको छ ।