लियो क्लब अफ रत्ननगर मिड नेपाल द्वारा क्लोथ बैंक सञ्चालन

चितवन । लियो क्लब अफ रत्ननगर मिड नेपालले जिरौना धर्म धाममा नयाँ तथा प्रयोग गर्न मिल्ने कपडा संकलन गरी त्यही ठाउँ बाट तथा आबश्यक  ठाउँमा पुर्याउने उद्देश्यका साथ स्थापित क्लोथ बैकको आज  उद्‍घाटन गरिएको छ ।

प्रदेश सभाका संासद कन्चन खनालकाे प्रमुख आतिथ्यमा सम्पन्न  कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय ३२५ बि २ नेपालका सल्लाहकार योगेन्द्र नाथ अधिकारी, कार्यक्रम संंयाेजक  सुरेश चन्द्र आचार्य, पुन: प्रयोग कपडा ब्यबस्थापन संयोजक लायन गंगा सुबेदी लगायतले मन्तब्य रहेका थिए ।

धर्मधामका अध्यक्ष श्याम बरालले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रममा लियो क्लब अफ रत्ननगर मिड नेपालका अध्यक्ष श्रृजना पौडेल तथा श्रीकृष्ण युवा परिषदका अध्यक्ष मनीश सुबेदिले संयुक्त अध्यक्षता गरेका थिए ।

श्रीकृष्ण युवा परिषद का केन्द्रीय उपाध्यक्ष तथा लायन्स अन्तर्राष्ट्रिय ३२५ बि २ का जोन चियर पर्सन  जगदीश चन्द्र शर्माले उक्त कार्यक्रम संचालन गर्नुभएको थियो।

सोही स्थानमा आज क्लबको सहआयोजनामा रक्तदान कार्यक्रम समेत भएको थियो ।