सौराहामा चाइनिज भाषा तालिम सुरु

चितवन । मुलुकको तेश्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा विहीवार देखि चाइनिज भाषा तालिम सुरु भएको छ ।

क्षेत्रीय होटल संघ चितवन सौराहा,रेवान सौराहा र नेचर गाइड एशोसियसन सौराहासंगको सहकार्यमा बाघमारा मध्यवर्ती सामादायिक वनले तालिमको आयोजना गरेको हो । सौराहामा कार्यरत गाइडहरुको क्षमता विकास र उपभोक्ता युवाहरुको आयआर्जनको लागि चाइनिज भाषा तालिम आयोजना गरिएको वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए ।

सामुदायिक वनले विगत ५ बर्ष अघिदेखि भाषा तालिम आयोजना गर्दै आएको भन्दै उनले वनले आयोजना गरेको तालिम परिणाममुखी बनेको उनले बताए । तालिमको उद्घाटन गर्दै मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष बासुदेब ढुंगानाले पर्यटन क्षेत्रमा भाषाको विविधता आवश्यक रहेको भन्दै पर्यटन विकासको लागि भाषा तालिम अनिवार्य रहेको बताए । कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष वलराम दाहालले पर्यटकलाई सेवा प्रदान गर्न पनि भाषाबारे विज्ञयता हुनुपर्ने बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका कार्यालय प्रमुख रामकुमार अर्यालले पर्यटन क्षेत्रको विकासको लागि भाषाको विकास र सरलीकरण आवश्यक रहेको बताए । तालिममा सहभागीहरुलाई शेरजंग कुमालले चाइनिज भाषा सिकाउने छन । डेढ महिना सम्म चल्ने सो तालिममा तालिममा ४० जना सहभागी छन । वनका अध्यक्ष जीतु तामाङको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरे,रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरी,वनका सचिव कृष्ण भट्ट लगायतले मन्तव्य राखेका थिए ।