प्रचलित :

चितवन ।  नारायणगढको एक होटलमा मृत भेटिएका पत्रकार शालिकराम पुडाशैनीको न्यायका लागि भन्दै चितवनको चौविसकोठीमा आज विहान प्रर्दशन भएको छ । आरोपीहरुलाई अदालतले हिजोमात्र म्याद थप गरी प्रहरीको अनुसन्धामै रहेको घटनामा विरोध गर्नु र समर्थन गर्नुको कुनै औचित्य नभएको भन्दै उनिहरुले प्रर्दशन गरेका हुन् । प्रर्दशनका क्रममा न्यायलयलाई निष्पक्ष अनुसन्धान गर्न दिनुपर्ने माग गरिएको थियो । प्रर्दशनकारीहरुले बोकेको प्ले कार्डमा निष्पक्ष छानविन गर्न देउ,अपराधलाई राजनितिकरण नगरौं,पुडासैनीले न्याय पाउनैपर्छ लगाएतका नाराहरु लेखिएका थिए । स्वतन्त्र युवा समुहको नामबाट गरिएको प्रर्दशनमा दर्जनौ युवाहरु सहभागी रहेका थिए ।

अनुसन्धानलाई प्रभावित पार्ने खालका कुनैपनि गतिविधि नगर्न प्रर्दशनमा सहभागी युवा राजु भुषालले आग्रह गरे । यसअघि बिहिवार पक्राउ परेको न्यू २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा प्रर्दशन गरेका थिए । सो क्रममा प्रहरी संग झडप समेत भएको थियो । पाँच प्रहरी घाइते भएका छन् भने प्रहरीले १० राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको थियो । चितवन जिल्ला अदालतले हिजोमात्रै पाँच म्याद थप गरेर अनुसन्धानका लागि प्रहरीलाई अनुमती दिएको छ ।

प्रतिक्रिया दिनुहोस !