
टोकियो । जापानमा अत्यधिक गर्मीका २३ जनाको मृत्यु भएको छ । १३ हजार जति बिरामी भएको अग्नि तथा प्रकोप व्यवस्थापन कार्यालयले बुधबार जनाएको छ । यो संख्या ५ अगस्टयताको हो । प्रकोप व्यवस्थापन कार्यालयका अनुसार प्रचण्ड गर्मीका कारण १३ हजार जना बिरामी भएका छन् ।
अस्पतालमा गर्मीजन्य रोगको उपचार गराउन भीड लागेको छ । अपस्ताल पुगेकाहरुमध्ये चार सय जना भर्ना भएका छन् । गर्मीले सबैभन्दा बढी राजधानी टोकियोवासी रहेको अधिकारीहरुले जनाएका छन् ।