मन्दीरको संरक्षण र सम्बर्धन गर्न सबै लाग्नु पर्ने: प्रदेश सासंद सुवेदी

चितवन । धार्मिक एवंम ऐतिहासिक महत्व बोकेको जखडी माई मन्दीरको संरक्षण र सम्बर्धन गर्न सबै लाग्नु पर्ने प्रदेश नम्बर ३ का सासंद विजय सुवेदीले बताएका छन् ।
मन्दिर व्यवस्थापन समितिको दोस्रो साधारण सभा एवं अधिवेसनलाई सम्बोधन गर्दै सासंद सुवेदीले वि स २०१४ सालमा गणेस्थानमा मुक्तिको स्थापना संगै यो स्थानको पनि पहिचान भएको भन्दै गणेस्थान संगै यस मन्दिरको प्रचार प्रसार हुदै जाने बताए ।

कंक्रिट बाट बनेको संरचना भन्दा यसको पुरानो संरचनालाई नविगारीकन प्राकृतिक छटामा परिवर्तन गर्दै धार्मिक पर्यटक आउने वातावरण बनाउन तर्फ सबै लाग्नु पर्ने बताउदै उनले भने, यस क्षेत्रको बिकास पाटी पौवा धर्मशालाको निर्माणले मात्रै हुन्छ भन्ने सोच बदल्न आग्रह गदै सुवेदीले भने, अब जंगललाई प्राकृितक रूपमा नै छोडेर व्वस्थीत गर्नतर्फ लागौ । प्राकृितक आनन्द संगै देवीको ध्यान गर्ने संरचना बनान तर्फ लागौ यो नै अन्य भन्दा पृथक हुनेछ । मन्दिर आसपासका जंगली जनावर र वोट विरूवाहरुको संरक्षण गर्दै अगाडि बढौ ।
भरतपुर महानगरपालिका वडा नम्बर ११ को जखडी माई टोलमा रहेको यस मन्दिरको संरक्षणमा र सम्र्बदनमा कसैको पनि ध्यान पुग्न नसकेको सहभागिहरले बताएका छन् ।  रंगहरुको पर्व होलिमा रातभर मन्दिरमा जागा्रम बसेर दियो बाल्ने र भोलीपल्ट होली खेल्ने परम्परा रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले बताए ।

यस अगाडी मन्दिर संरक्षणका लागि महानरगपालिका बाट हुदै आएको अािर्थक सहयोग अहिले आएर कटौति भएको भन्दै अध्यक्ष श्रेष्ठले धार्मिक महत्व बोकेको यस मिन्दरको प्रचार प्रसार र संरक्षणका लागि सो रकम विनियोजन गर्न आग्रह गरे ।
त्यसैगरी नवजागृती सामुदायिक वनका अध्यक्ष पुस्तक गौतमले राम्रोसँग व्यवस्था गरेर अगाडी बढ्न आग्रह गदै साना साना रुख बिरुवाहरुको पनि संरक्षण गर्नुपर्नेबताए । साथै अधिवेसनले हरि पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।