नेपाली काग्रेसको आयोजनामा भरतपुरमा खुल्ला रक्तदान कार्यक्रम

चितवन । नेपाली काग्रेस भरतपुर ७ ले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
चितवनमा रगतको अभाव भएको भन्दै रक्क्तदान कार्यक्रमको आयोजना गरिएको नेपाली काग्रेस चितवनका सभापनि जितनारायण श्रेष्ठले बताएका छन् । कार्यक्रमका प्रमुख अतिर्थी समेत रहेका सभापति श्रेष्ठले काठमाण्डौ पछी सबैभन्दा बढी रगत खपत हुने जिल्ला चितवन भएको र त्यसमा पनि वडा नम्बर सातमा रहेको क्यान्सर अस्पतालमा रगतको माग धेरै भएका कारण पार्टीले अभियान नै सञ्चालन गरेर रक्क्तदान कार्यक्रमको आयोजना गरेको बताएका छन् । श्रेष्ठले विज्ञानले सबै कुराको अािवष्कार गरे पनि मानिस बाच्नका लागि नभई नहुने रगत अहिलेसम्म आविष्कार गर्न नसकेको भन्दै यो मानविय कार्यका लागि मानिसकै रगत आवश्यक पर्ने हुदा यस्ता कार्यक्रमलाई पाटीले निरन्तारता दिने बताएका छन् ।
कार्यक्रमका विशिष्ट अतिर्थी एवं प्रदेश नम्बर ३ का सासंद मिलनबाबु श्रेष्ठले समाजलाई केही दिने र समाजप्रति उतरदायी हुने यस प्रकारको मानिवय कार्यले कसैलाई पनि रगतको अभावमा अकालमा मृत्युवरण गर्नबाट बचाउन सक्ने बताए । रत्नदान गरेर धेरै बिरामीहरुको ज्यान बचाउने काम भएको बताए ।
नेपाली काग्रेस वडा नम्बर ७ का सभापति एवं कार्यक्रमका सभापति काशीराम अधिकारी रगतदान गरेपछी पुण्य खोज्न अन्त कही कतै जान नपर्ने बताए । चितवनमा सबैभन्दा वढी दुर्घटनाका बिरामीहरु आउने भरेको भन्दै अध्यक्ष अधिकारीले चितवन आएर कोही पनि बिरामीको रगत अभावका कारण मृत्यु नहुने अवस्था आउनका लागि यस प्रकारको कार्यक्रमहरु हुन आवश्यक रहेको बताए ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रमणी काफ्लेले मानवीय कार्य, मान्छे बचाउने सामाजिक कार्य आयोजना गर्नु आफैमा राम्रो भएको बताए ।
नेपाल रेडक्रस किष्णपुर उपहाखाका सचिव एवं सो कार्यक्रमका आर्थिक समिति संयोजक कृष्ण ढकाल, सिर्जनशिल समाजका अध्यक्ष विनोद ढकाल, नेपाल रेडक्रस सोसाईटी चितवन शाखाका मन्त्री हरिप्रसाद पौडेल लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाली काग्रेस वडा नम्बर ७ की उपाध्यक्ष सरिता सुवेदी पाठकले सवागत मन्तव्य राखेकी थिईन । सो अवसरमा ३१ जना महिला सहित एक सय २० जनाले रक्क्तदान गरेका थिए ।