बंगलाचुली गाउँपालिका दाङका अध्यक्ष चढ्ने गाडीमा आगजनी

तुलसीपुर । दाङ जिल्लाको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेकाे छ ।

शनिबार राति करीव १२:४५ काे समयमा आगजनी भएकाे हाे । अगजनी बाट रा १ झ १५२ नम्बरको गाडी पूर्ण रुपमा जलेर नस्ट भएकाे छ ।

गाडीमा लागेकाे आगाे ईलाका प्रहरी कार्यालय कमिरेचाैरबाट सई गाेपाल प्रसाद शर्माकाे कमाण्डमा खटिएकाे प्रहरी टाेली र स्थानीयले नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।

बंगलाचुली गाउपालिका वडा नं.५ काे कार्यालय प्राङ्गण मुर्कुटीमा पार्किङ गरि राखिएकाे गाडीमा आगजनी भएकाे छ ।