पत्रकार त्रिपाठीको पर्यटन मन्त्री भट्टराईलाई खुल्ला पत्र !

•बिनोद त्रिपाठी

साउन २१, काठमाडौं । शुभकामनाको बाढी मत्थर भएपछि योगेश भट्टराई अहिले केहि शान्त मुद्रामा हुनुहोला । सोच्नु भएको होला, काम कहाँबाट शुरु गरुँ ?

नागरिकले तपाईबाट यो बिन्दुबाट काम शुरु हुने अपेक्षा राखेका छन् । जुन प्रस्थान बिन्दु यहाँ सार्बजनिक गर्न बान्छनिय देखिएकोले अबगत मात्र गराउन चाहन्छु ।

१.योगेश भट्टराई , तपाई अहिले संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री हुनुहुन्छ । तपाईंको मन्त्रालयको शुरुको अक्षर नै संस्कृति छ । यसको अर्थ हुन्छ, हाम्रा परम्परा, मुल्यमान्यता, रीतिरिवाज, धर्म, चालचलन र नागरिकका मौलिक चिनारी । यसको संरक्षण गर्नु अब तपाईं र तपाईको मातहतमा रहेको मन्त्रालय, बिभाग, बोर्ड, कार्यालयहरुको जिम्मवारी हो ।

२.संस्कृतिको अर्थलाई पछ्याएर नेपालका मठ मन्दिर, गुम्बा, पाटीपौवा, विहार आदिको थोरै भएपनि स्थलगत अबलोकन गर्नुस । उदाहरणको लागि अहिले पशुपतिनाथ मन्दिरमा धर्मालम्वीहरुको ठुलो भीड छ । यो साउन महिना हो । यो मन्दिर तपाई पुग्नु भयो भने एकपटक तपाईले आँफैलाई नेपाली नागरिक भएकोमा धिक्कार्नु हुनेछ ।

३.पशुपतिनाथ मन्दिर नेपालको सबैभन्दा ठुलो धार्मिकस्थल हो । मन्दिर र मन्दिर क्षेत्र वरपरको दृष्य सबैभन्दा कुरुप छ ।

४.मन्दिर फोहोरहरुको डम्पिङसाइट बनिरहेको छ । मगन्तेहरुको रंगशाला बनेको छ । फुटपाथ र झल्लरी मानिसहरुको जक्सन बनेको छ । मानौं, बिदेशीहरुले मनमनै भनिरहेका होलान्, यति भद्रगोल र नरकजस्तो फोहोरस्थल संसारमा कहाँ होला रु

५.हुन त पहिलेका शासकहरुले पनि यहि विकृति भित्र्याए । ति विकृति र भद्रगोल पशुपतिनाथ मन्दिर क्षेत्रमै भित्र्याएर भगवानको नाममा धेरैले कुम्यल्याए । तर, तपाई योगेश भट्टराई एउटा नविनतम सोचका साथ मन्त्री हुनुभएको हो भने पुराना सम्पुर्ण बिकृति हटाएर हाम्रा मुल्य मान्यता स्थापित गर्नतिर लाग्नुस ।

६.सरकारले केहि महिना अघि भिख माग्नेलाई र माग्न लगाउनेलाई कारवाहीको ब्यबस्था गरिसकेको छ । यो नियम कार्यान्वयन गर्नतिर लाग्नुस । पशुपतिनाथ मन्दिर लगायतका सार्बजनिक स्थानमा माइक लगाएर सहयोगको याचना गर्नेहरुलाई तुरुन्त हटाउनुस । १० वटा खाली ट्रक आउने सोमबार पशुपतिनाथ मन्दिर पठाउनुस । सम्पुर्ण मगन्तेहरुलाई अपलोड गरेर ठेगाना सोधपुछ गरेर उनिहरुकै घरघर पठाइदिनुस । बेरोजगार वा अशक्तलाई सरकारबाट आबस्यक प्रबन्ध मिलाएर अन्त कतै राखिदिनुस । अपांगहरु भिख र सहयोग मागिरहेका छन् भने सरकारी अस्पताल भर्ना गरिदिनुस ।

७.नेपालले १९९८ पछि भब्य रुपमा २०२० लाई पर्यटन बर्षका रुपमा मनाउँदैछ । यसलाई सफल बनाउन कुनै खर्च नलाग्ने केवल ब्यबस्थापन मात्र गरे पुग्ने सुत्र प्रयोग गर्नुस मन्त्री योगेश भट्टराई ज्यु ।

८.तपाई एउटा मात्र मन्त्रालयको मन्त्री होइन, सिंगो सरकारको जिम्मेवारी प्रतिनिधी हो । त्यसैले, सडकमा माग्न बसेकाहरु, अशक्त, अपांग, बेरोजगारहरुलाई नियन्त्रण गरेर दिर्घकालिन ब्यबस्थापन गरिदिनुस । उपत्यकाका चोकचोक, पुल, मन्दिरहरुमा जम्मा भएका भीड, भद्रगोल नै पर्यटकका लागि सबैभन्दा बिकर्षणको कारण सावित हुनेछ र भइरहेको छ । शुरुका दिनहरुमा यो विकृति मात्र हटाइदिनुभो भने पनि तपाईले वाहवाह पाउन थालिहाल्नुहुनेछ ।

९.पशुपतिनाथ मन्दिरको बिकास कोषमा अर्बौंको आम्दानी हुन्छ । त्यो भेटी कहाँ जान्छ रु खोजतलास गरेर हिलोमय पार्किङलाई सुन्दर पार्किङस्थल बनाउनु लगाउनुस । जताततै मगन्ते र भिख माग्नेहरुको दुर्दशा हटाउनुस । मोटर पार्किङ गर्ने स्थान हिलोले पशुपतिनाथ मन्दिरलाई बिश्वमै खराब चित्रण गरिरहेको छ । यो तुरुन्त बनाउन लगाउनुस । घोटाला गर्ने, पुरानो संस्कारका नाममा अड्डा जमाएका सन्त महन्त, पुजारी, बिकास समितिहरुका पदाधिकारी, कर्मचारी सबै सबैको सम्पति छानविन गरेर अब नयाँ पद्धतिको शुरुवात गर्नुस मन्त्री ज्यु ।

१०.माथि उल्लेखित बाहेक भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल, पोखराको क्षेत्रीय बिमानस्थल र अन्य निर्माणाधीन बिमानस्थलहरु समयमै अथवा अझै अघि नै सम्पन्न गर्नुहोला । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थललाई अन्तराष्ट्रिय तवरकै बनाएर २४ सै घण्टा संचालनमा ल्याइदिनुहोला । वाइडवडी बिमान खरिदको घोटाला प्रकरण जनता समक्ष प्रष्ट पारिदिनुहोला । हुन त कम्युनिष्ट बिचार बोकेका नेताबाट ठुलो सुधारको अपेक्षा गर्नु महाभुल हुनेछ । तर, तपाईं बिश्वमै ९चीन बाहेक० पहिलो पटक सावित गरिदिनुस, कम्युनिष्टहरु पनि इमान्दारपुर्वक जनता र देशका लागि काम गर्न सक्छन् भनेर । यदि तपाईंले यी यावत बिषय इमान्दार बनेर काम गर्नु भो भने त्यतिबेला हाम्रा हृदयहरुबाट तपाईलाई साँच्चीकै शुभकामना दिउँला । हामी तपाईलाई भनिदिनेछौं, कम्युनिष्ट भएर पनि लोडसेडिङ हटाउने अर्को जनार्दन शर्मा मन्त्री बनेर जन्मियोे भनेर । बस, अहिलेलाई यति नै ।

(राष्टिय दैनिकको सम्पादक रहिसक्नु भएको लेखक समसामायिक विषयमा कलम चलाउदै अाउनु भएको छ । )