नेपाल लगानी बोर्डका सिईओसँग चितवन प्रदर्शनी केन्द्रको विषयमा छलफल

चितवन । नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक (सिईओ) महाप्रसाद अधिकारीसँग चितवन उद्योग संघका पदाधिकारीहरुले संयुक्त भेटघाट एवं छलफल गरेका छन् ।


औद्योगिक क्षेत्र एवं उद्योगहरुको भ्रमणका सिलसिलामा चितवन आईपुग्नु भएका अधिकारीसँग चितवन उद्योग संघले निर्माण गरिरहेको चितवन प्रदर्शनी केन्द्रका बारेमा छलफल भएको थियो । उहाँसँग चितवन उद्योग संघले अघि सारेका अन्य महत्वपूर्ण परियोजना र प्रदर्शनी केन्द्रको निर्माण र यसको आर्थिक अवस्थाको बारेमा छलफल भएको थियो ।
छलफलमा चितवन उद्योग संघका अध्यक्ष एवं नेपाल उद्योग परिसंघका राष्ट्रिय परिषद् सदस्य भेषराज दुवाडी, बरिष्ठ उपाध्यक्ष राजु पौडेल, उपाध्यक्ष एवं चितवन औद्योगिक साकोसका अध्यक्ष त्रिलोचन कँडेल, उपाध्यक्ष मदन घिमिरे, उपाध्यक्ष एवं खैरहनी इकाई समितिका संयोजक प्रतिभा श्रेष्ठ, कार्यसमिति सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, युग राज वस्तीलगायतको उपस्थिति रहेको थियो ।
यसअघि भरतपुर गार्डेन रिसोर्टमा नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक महाप्रसाद अधिकारी र उद्योगीहरुबीच उद्योगहरुको अवस्था र उद्योगमा लगानीको वातावरणको अवस्थाका बारेमा छलफल गरिएको थियो । छलफलमा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट (स्वामी) संघका उपाध्यक्षहरु त्रिलोचन कँडेल, मदन घिमिरे, कार्यसमिति सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, युग राज वस्ती, चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्टलगायतको उपस्थिति रहेको थियो ।