त्रिकोणात्मक प्रेम कथाको फिल्म “मारुनी”को ट्रेलर रिलिज, साम्राज्ञी र पुष्पको जोडी चर्चामा

काठमाडौं । नवल नेपालले निर्देशन गरेको फिल्म मारुनीको ट्रेलर रिलिज गरिएको छ।

जाम न माया जाम र तिमीसँग जोडिएका छन् बोलको गीतबाटै चर्चामा रहेको फिल्मको ट्रेलरले दर्शक हलसम्म तान्न सक्ने अनुमान सहजै लगाउँन सकिन्छ। ट्रेलरमा त्रिकोणात्मक प्रेम कथालाई देखाईएको छ जहाँ आफनो प्रेम पाउँन गरेको युद्ध देखाईएको छ।

ट्रेलरमा साम्राज्ञी र पुष्प खड्का निकै पावरफुल देखिएका छन् भने अर्की नायिका रेविका गुरुङले ट्रेलरमा खासै धेरै स्पेश पाएकी छैनन्। ट्रेलरमा साम्राज्ञी र पुष्प खड्का निकै पावरफुल देखिएका छन् भने अर्की नायिका रेविका गुरुङले ट्रेलरमा खासै धेरै स्पेश पाएकी छैनन्।

साम्राज्ञी पुष्पको एकोहोरो प्रेममा देखिएकीछिन् भने पुष्पको बिवाह रेविकासंग भएको देखाईएको छ।